Thursday, July 4, 2019

एसडीएफको लोकप्रियता

सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अहिले आगामी विधानसभा र लोकसभा चुनाउँमा छैटौंपल्ट ऐतिहासिक जीत प्राप्त गर्दै सरकार गठन गर्ने पहलमा छ। पार्टी अध्यक्ष पवन चामलिङको नेतृत्वमा एसडीएफले निरन्तर पाँचपल्टसम्म सिक्किम र सिक्किमवासीको मन जितेर सरकार गठन गरिसकेको छ। पार्टी अध्यक्ष पवन चामलिङले देशको सर्वाधिक लामो समयसम्म जनताको सेवा गर्ने मुख्यमन्त्री बनेर रेकर्ड कायम गरिसकेको कुरा आज विश्‍वले जानिसकेको छ। देश र विश्‍वले नै मुख्यमन्त्री पवन चामलिङको जयजय गरिरहेको समय विपक्षी पार्टीहरू भने मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङलाई पराजित ध्येयमा छन्। परिवर्तनको नारा समाएर एसडीएफलाई सत्याचुत गर्ने उद्देश्यमा विपक्षीहरूलाई देखिएका छन्, जो उनीहरूले जनसभाहरूमा खुल्ला मन्तव्य दिँदै आइरहेका छन्। तर, एसडीएफले परिवर्तनको साँचो अर्थलाई व्यावहारिक रूप दिँदै सिक्किम र सिक्किमवासीलाई नै समृद्धशाली बनाउने दिशातर्फ हरदम प्रयासरत छ। फलस्वरूप, यो 25 वर्षको लामो समयसम्मको कुशल सत्ता सञ्चालनपछि पनि एसडीएफको गरिमा उत्तिकै बाँचेको छ। एसडीएफ पार्टी स्थापनाको 26औं वर्ष पूरा भइसक्दा पनि सिक्किमेली जनताको मनमुटुमा त्यत्तिकै प्रिय छ। तुलनात्मक दृष्टिले हेर्ने हो भने पार्टी स्थापनाको समय एसडीएफको जति लोकप्रियता थियो, त्यो अझ फाँटिलो बन्दै आइरहेको छ।
उसो त, यसपाली सरकारमा को आउने हो, मुख्यमन्त्री को बन्ने हुन् भन्ने प्रश्‍न आम-साधारणलाई गरिदिने हो भने यो समय केहीक्षण घोरिनसक्लान। किनभने, चुनाउका समय मात्रै गाउँ र शहरतिरका प्रत्येक गल्लि-गल्छेडाहरू, हरेक गोरेटोहरू देख्नेहरू अहिले धेरै छन्। चार वर्षसम्म कुर पसेर बल्ल चुनाउ आएपछि संसार हेर्न निस्कनेहरूले बाहिरी संसारमा झट्टै आँखो खोल्न नसकेपछि समाजका साधारण जनतालाई पनि ‘संसार त अँधेरै छ’ भन्ने भ्रममा राख्ने गर्छन्। त्यसैले स्वयं भ्रममा परेकाहरूले अरुलाई पनि आफूले देखेकै संसार न देखाउने भनेको। त्यसैले यस्ताहरूबाट समाजले के आशा गर्न सक्लान्। ‘एसडीएफले समाजले के बोलिरहेको छ? जनसाधारणलाई के भनिरहेको छ? के देखाउने प्रयास गरिरहेको छ?’ भनेर यदि कसैले पनि थोरैबेर धोरिए जवाब स्वयं पाउनेछन् कि एसडीएफले व्यवहारिक कुरा बोलिरहेको छ, सत्य कुरा देखाइरहेको छ, सम्भावित कुराहरू देखाइरहेको छ। वास्तवमा अहिलेसम्म कसैले नसोचेको, नगरेको र नआँटेको काम गरिरहेको छ। त्यसैले त आज सिक्किम देशमा मात्रै होइन, विश्‍वसामु उभिएको छ। एकलो पवन चामलिङ होइन, तर सम्पूर्ण सिक्किमवासीको छाती उच्च भएको छ।
एसडीएफ सरकार गठनको 25 वर्ष पूरा हुनलाग्दा पनि किन त एसडीएफप्रति जनताको मन-मुटि उस्सरी नै जोडिएकै छ त? देशमा कुनै पार्टीले कायम राख्न नसकेको सरकार गठनको निरन्तरता किन सिक्किममा सम्भव भयो? जान्ने रहर सबैको हुन्छ नि, खासमा राजनीतिक पार्टी र नेतासित। किनभने, पवन चामलिङको नेतृत्वमा एसडीएफ पार्टीले कहिले पनि आफूलाई चुनावी पार्टी बनाएन झरीमा उम्रने च्याउजस्तो। सरकारमा पुग्नअघि र सरकारमा पुगिसकेपछि पनि एसडीएफ पार्टी र पार्टी कार्यकर्ताहरू जनतासितै रहे। सँगै हिँड्ने, हरेक दुख र सुखमा सँगै खाने-बस्ने भएकाले पनि नाता-सम्बन्ध बाँचिरह्यो। समाज र समाजवासीको विकास र सफलतालाई लिएर गम्भीर बनिरहेको हुनाले पनि उसको लोकप्रियता कायम रह्यो। त्यसैले पाँचपल्टसम्म निरन्तर सरकार गठन गर्न सक्षम एसडीएफको लोकप्रियता अझ चम्किलो देखिन्छ।
अहिले चुनाउका समय पक्ष-विपक्षीबीच अनेकथरिका आरोप-प्रत्यारोप थोपाथोप हुनु राजनीतिक परम्परा हो। विपक्षीहरूले सत्तारुढमाथि अनेक लाञ्छणा लगाउनु कुनै ठूलो मुद्धा होइन, तर ती सबै आरोप-लाञ्छणाहरूलाई सुने-नसुनेझै गरी जनताको भविष्यलाई लिएर चिन्तित रहनु अनि उनीहरूकै भविष्य सुरक्षित गर्नेतर्फ आफूलाई व्यस्त बनाउने एसडीएफ पार्टी र पार्टी कार्यकर्ताहरूको महानता हो। यो सबै सम्भव हुनुमा पार्टी अध्यक्षको श्रेय छ। किनभने, उनकै सहनशीतला, दूरदर्शिता र दिग्दर्शनमा पार्टी र कार्यकर्ताहरू अग्रसर रहने, क्रियाशील बन्ने हो। यसक्षण, एसडीएफ र एसडीएफ अध्यक्षसितै कार्यकर्ताहरूमाथि अनेकथरिका आरोप-प्रत्यारोपहरू लाग्नु स्वभाविक भए पनि चुनाउमा केन्द्रित रहँदै जन-जनसम्म पुग्नु अनि पार्टीको नीति-सिद्धान्त अनि योजनाहरूबारे स्पष्ट पार्नु महत्वपूर्ण कुरा हो भन्ने कार्यमा सबै लागिपरेका छन्। यहाँ विगत केहीदिन अघि विपक्षी एसकेएमले आरोप लगाउँदै ‘25 वर्ष सरकार चलाएर पनि एसडीएफले घर-दैलो कार्यक्रम चलाउनु भनेको उनीहरूले जनताको काम नगरेको स्पष्ट हुन्छ, त्यसैले उनीहरूलाई विपक्षीहरूसित डर भएकैले घर-दैलो कार्यक्रम गरिरहेको छ’ भनिरहेको थियो। वास्तवमा एसकेएम आफै भ्रममा रहेको कारण यस्तो मन्तव्य दिइरहेको स्पष्ट हुन्छ। किनभने, चुनाउका समयमात्रै गाउँ-गाउँ पसेर चिच्याउनेहरूको भ्रममा परेर जनता भ्रमित हुनसक्छन्। 
यस्तो अवस्थामा जनताले के र कुन कुरा सही र गलत भन्ने बुझ्नुपर्छ। भ्रममा परेका समय जनताले दिएको निर्णय गतल हुनसक्छ। त्यसैले सिक्किम बचाउनका लागि पनि जनतालाई भ्रममुक्त राख्न जरुरी हुन्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक हुन्छ। एसडीएफको यस्तै व्यवहारिक पक्षहरूका कारण पनि जनताले सरकारमा एसडीएफलाई नै पुर्याएको हो, पुर्याउन चाहेको हो। यस्तै कारणहरूले पनि एसडीएफ सधैं जनताको मन-मुटु र मस्तिष्कबाट निस्कन नसकेको हो। सम्पूर्ण सिक्किम र सिक्किमवासीको लोकप्रिय बनेको हो। त्यसैर त अहिले पनि प्रत्येक दिन नै राज्यभरिबाटै विभिन्न विपक्षी पार्टीहरू त्यागेर समर्थकहरू एसडीएफमा सामेल भइरहेका छन्।-29.03.2019

No comments:

Post a Comment