एउटा समय थियो, जतिबेला मानिसहरू एकथोक पाउनलाई अर्को थोक दिनुपर्ने चलनमा अथवा बार्टर सिस्टम’-मा थिए। न पैसा-रुपियाँ थियो न बजार-व्यवस्था। त्यसैले इशापूर्व 6 हजार तिरैदेखिको यो चलन लामो समयसम्म बाँचिरह्यो। इशापूर्व 6 हजारदेखि इशापूर्व 2 हजारसम्म आइपुग्दा स्टोन एज’-को समापनसितै मानस सभ्यतामा पनि विकास हुँदै आयो। त्यसैले पैसा-रुपियाँको कुनै चलनसम्म नरहेको समय बार्टर सिस्टम’ मानव समाज विकासको पहिलो खुड्किलो थियो सायद। एकप्रकार अवसादको अवस्थाबीच 1930-को दशकमा यसले अझ लोकप्रियता पाएको थाहा पाइन्छ। त्यसअघि नै किन-बेच तथा बजार व्यवस्थाको शुरू भइसकेको हो। पछि बजार व्यवस्थादेखि पनि यसले अझ विकसित रूप लिँदै गयो, जहाँ शुरू भयो अनलाइन शपिङ।
मान्छे सँधै रहेक कुरामा छिटो र सहज माध्यमको पछि लागिरहेका हुन्छन्। भनौं सुखउपभोगी हुन्छन् मान्छे। त्यसैले मान्छेलाई सुविधा र सुखउपोगले दास बनाउँदै लगिरहेको छ। बार्टर सिस्टम’-देखि नै विकासको खुड्किलो चड्दै आइरहेको मान्छेले अहिले कोठाभित्रै बसेर संसार चियाउन थाले। घरभित्रै हरेक सुविधा उपलब्ध हुन थाल्यो। यहाँसम्म कि उसले आफूलाई चाहिएका सामाग्री किनमेलका लागिसम्म बजार पुगिरहनु नपर्ने भयो। 1990-को दशकदेखि विशेष तीव्ररूप लिइरहेको अनलाइन शपिङले यी कुराहरूलाई जतिजति सम्भव पार्दै लग्यो, उति नै बजार’-को भविष्य पनि संकटमय बन्दै गइरहेको देखिन्छ। त्यसैले अन लाइन शपिङ’ र बजार’-बीच अहिले चलिरहेको व्यापारिक होडले मानव समाजलाई कुन दिशातिर अग्रसर गराइरहेको छ? त्यो भविष्यले बताउला। यद्यपि, विश्वबजारले बिस्तारै आफ्नो संकटको आभाष गरिरहेको ज्ञात हुन्छ। फलस्वरूप, अनलाई शपिङको प्रभावलाई नियन्त्रण गर्न विभिन्न वेबसाइडहरूसितै गुगल’-को प्रयोगमा समेत प्रतिबन्ध लगाउन थालिएको छ।
अहिले चीनमा यू टुब, जी मेल, ब्लगर, म्याप लगायत फेसबुक तथा ह्वाट्सएपको प्रयोगमा समेत अघिबाटै प्रतिबन्ध लगाइसकिएको छ भने क्रिमीया, क्युबा, इरान, उत्तर कोरिया, स्वीडेन, सिरिया, पाकिस्तान तथा अरब जस्ता राष्ट्रहरूले पनि गुगल, जीमेल तथा यू टुबहरूको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ। भर्खरै मात्र भारतमासम्म ह्वाट्सएपमाथि प्रतिबन्ध लगाइनुपर्ने प्रश्न उठेको हो, यद्यपि सर्वोच्च न्यायालयले यस मागलाई खारेज गरिसकेको छ।
अहिले यूरोप महादेशमा पनि गूगलमाथि औंला उठ्न थालेको छ। यूरोपीय कमीशनले गूगललाई स्पष्टसँग अनलाइन शपिङमा आफ्नो अनावश्यक प्रभाव समाप्त गरोस् भनेको छ। कमीशनको भनाईअनुसार, गूगलको सर्च रिजल्टले केही खास कम्पनीहरूलाई बढावा दिइरहेछ,जसबाट बजारमा गलत प्रभाव परिरहेछ। यूरोपीय कमीशनले आफ्नो जाँचमा अनलाइन शपिङको अवधिमा गूगलको सर्च रिजल्टमा केही विशेष कम्पनीहरूको उपस्थिति अन्य कम्पनीहरूको भन्दा अधिक प्रभाव देखिने गरेको बताएको छ। गूगलमाथि उसले प्रतिद्वन्दी सर्च इञ्जनमा जानीबूझी तक्निकी समस्याहरू सिर्जना गरिरहेको पनि आरोप छ।
यूरोपीय यूनियनका प्रतिस्पर्धा आयुक्त मार्गे्रट वेस्टेयरले गूगललाई आफ्नो प्रतिस्पर्धीहरूलाई रोक्ने कुनै अधिकार नरहेको भनेकी छन्। यूरोपियन कमीशनअनुसार, गूगलले धेरै नयाँ प्रोडक्ट्स लिएर आएको छ, जसबाट हाम्रो जीवनमा ठूलो बदलाव आएको छ तर यसले गूगललाई अन्य कम्पनीहरूलाई अघि बढ्नदेखि रोक्ने कुनै अधिकार दिँदैन। गूगलमाथि पहिलेदेखि नै एन्ड्रोयड अपरेटिङ सिस्टमद्वारा आफ्नो प्रभावको गलत प्रयोग गरेको पनि बताइएको छ। यस मामिलामा गूगलले अनलाइन शपिङको पूरा परिभाषा नै परिवर्तन गरिदिएको बताइरहेको छ। यसबाट यूरोपीय मानिसहरूको जीवनमा धेरै परिवर्तन आएको तथा प्रभाव परेको छ।
अब अनलाइन शपिङ र बजारबीचको प्रतिस्पर्द्धासितै विकासको यो शृङ्खला कुन दिशातिर जाने हो? हेर्दै जानु छ। समयले बताउला नै।-15.07.2016
No comments:
Post a Comment