1-
कुरा कहाँबाट केभनी कोट्याऊ?
मनमनै मनपराएकी मेरी मोनालिसा।
ल म यसै भनिदिन्छु तिमीलाई
गाउँमा सँगै खेल्थ्यौं हामी
उकाली-ओराली कति सँगै हिँड्यौं पनि
सायद तिमीले बिर्सिसक्यौ
गाउँ आजभोलि शून्य-शून्य लाग्छ तिमीबिना
मेरी मोना तिमीलाई त खबर पनि छैनहोला।
तिमी त आजभोलि...
व्यस्त शहरमा व्यस्त छौ’रे
चिल्ला कारमा हिँड़छ्यौ’रे
मखमलयुक्त कुर्सीमा बस्छ्यौ’रे
आजभोलि लोरियल’-को लालि चढेको सुन्छु
तिम्रो रूपमा ऐस्वर्य’-कै जस्तो
छक्क पर्छु मोना, मेरी मोनै हो तिमी?
2-
ग्लोबलाइजेशन’ हुँदैछ भन्छन् आज
संसार ग्लोबल भिलेज’ बन्दैछ’रे।
ग्रिन रिभोल्युशन’-को कुनै इफ्याक्ट’ नपरेरै हो कि!
ग्लोबल वार्मिङ’-को प्रभाव हाम्रो गाउँले पनि झेल्नु पर्छ’रे।
दिल्ली, कोलकाता र मुम्बईको हट टेम्परेचर’
यतै भोग्न पर्ने दिन आउँदैछ पनि भन्छन्।
मेरी मोना! ग्लोबल वार्मिङ’-को हावाले कतै
तिमीलाई पनि हट टेम्परेचर’-मा पार्यो कि...
आजभोलि फेसबुक’-मा अनलाइन’ पनि भेट्दिन
तिम्रो प्रोफाइल’ पनि अप्डेट गरेकी छैनौ।
किन हो, तिम्रा कुनै सुन्दर तस्बीरलाई पनि
आजभोलि कसैले लाइक’ गरेका छैनन्।
नयाँ एकाउण्ट’-बाट फ्रेण्ड एड’ गरेको थिएँ
कन्फर्म’ गर्नेसम्म समय पाइनौ सायद।
3-
आज-भोलि ग्लोबल वार्मिङ’-को हावाले
गाउँमा हट टेम्परेचर’ सिर्जना गर्न थालेको सुन्छु
ग्रिन रिभोल्युशन’-का लागि लगाइएका बिरुवाहरू
गाउँमा मर्दैछन् प्रतिदिन यहाँ
साँच्चै संसार ग्लोबल भिलेज’ बन्दै त रै’छ
गाउँ बुढ़ाहरू, तन्नेरी-तरूनी सबै भेला गरी
समयमै सचेत गराउनु पर्छ, होसियार गाउँ...
हट टेम्परेचर’-ले गाउँलाई पनि ब्यस्त बनाउन सक्छ।
* * *

गान्तोक, 07.12.2012
No comments:
Post a Comment